Main News

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, १६७७ संक्रमित थपिँदा २०७२ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ भदौ २२ गते १६:४९
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, १६७७ संक्रमित थपिँदा २०७२ संक्रमणमुक्त

२२ भदौ २०७८ काठमाडौंं । नेपालमा थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २१ जनाको मृत्यु भएको छ ।

११ हजार १ सय ११ जनाको पीसीआर र तीन हजार ९ सय २३ जनाको एन्टिजेन गरी १५ हजार ३४ जनाको परीक्षण गर्दा एक हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणबाट एक हजार ४ सय २३ र एन्टिजेनबाट २ सय ५४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमणदर घट्दै गएको छ । आज गरिएको कुल परीक्षणमा देखिएको संक्रमणदर ११ प्रतिशत हो।

काठमाडौं उपत्यकामा ५ सय संक्रमित थपिएका छन् । काठमाडौंमा ३ सय ६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन् ।

उपत्यका बाहिर सबैभन्दा धेरै मोरङमा एक सय ६१, सुनसरीमा १ सय ४९, झापामा १ सय २४ र कास्कीमा १ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक दुई हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन । अहिले देशभर ३० हजार ३ सय ३ जना सक्रिय संक्रमित छन । ५ सय १४ जनाको आइसीयू र एक सय ५४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो पटक थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ पुगेको छ ।

पछिल्लो पटक ८० हजार चार सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *