Main News

पर्वत पहिरोमा मृत्यु भएकाको ११ जनाको शव परिवारको जिम्मा लगाइयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १९ गते १८:५८
पर्वत पहिरोमा मृत्यु भएकाको ११ जनाको शव परिवारको जिम्मा लगाइयो (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ पर्वत । हिजो पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परेर मृत्यु भएका सबै ११ जनाको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ ।

कुश्मा नगरपालिका वडा नम्बर १० र मोदी नगरपालिकामा मृत्यु भएका ११ जनाको शव संकलन गरी जिल्ला अस्पताल पर्वतमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको हो ।

कुश्मा नगरपालिका नगरपालिका वडा नम्बर– ३ दुर्लुङमा ५, वडा नम्बर ११ को सिल्मीमा २, पकुवामा ३ र मोदी गाउँपालिका वडा नम्बर ५ आमबोटमा १ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले संघीय सरकार र प्रदेश सरकारले दिने राहत रकम पनि परिवारलाई हस्तान्तरण गरेको छ ।

संघीय सरकारले मृतकको परिवारलाई प्रति मृतक २ लाख र एकै परिवारमा थप मृत्यु भएमा प्रति मृतक १ लाख थप रकम दिने गरेको छ । प्रदेश सरकारले प्रति मृतक ५० हजार राहत दिने व्यवस्था रहेको छ ।

पर्वतमा पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ । बिहीबार रातिदेखि पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङमा इन्टरनेट, विद्युत् र फोन अवरुद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *