Main News

काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

हिमालय टिभी
२०७८ भदौ १४ गते १८:१२
काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

१४ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनुुभएको छ ।

उहाँले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुुभएको हो । प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताउनुभएको थियो ।

सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उहाँले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *