Main News

पर्याप्त बजेट भए पनि स्थानीयले पार्क निर्माणमा सहयोग नगरेको मेयरको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १२ गते १६:३६
पर्याप्त बजेट भए पनि स्थानीयले पार्क निर्माणमा सहयोग नगरेको मेयरको गुनासो (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २८ मा निर्माण गरेको झिंगु इच्छुमती पार्कको उद्घाटन भएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क उद्घाटन गर्दै सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेट भए पनि कतिपय ठाउँमा स्थानीय बासिन्दाले सहयोग नगर्दा समस्या भएको गुनासो गर्नुभयो ।

बागमती प्रदेशसभाका सदस्य केशव स्थापितले भुकुटीमण्डपभित्र ठूलो प्रदर्शनी हल बनाउन महानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा पूर्व मेयर स्थापितले इच्छुमती करिडोरको उद्घाटन गर्नु भएको थियो । बागमती प्रदेश सरकारको १ करोड ३८ लाख सहयोगमा करिडोर निर्माण भएको हो । झिंगु इच्छुमती पार्क ३७ लाख ७० हजार लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *