Main News

कक्षा १२ को परीक्षा भौतिक रुपमा छिटोभन्दा छिटो गर्न संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ८ गते १५:१६
कक्षा १२ को परीक्षा भौतिक रुपमा छिटोभन्दा छिटो गर्न संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । संसदीय समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमा नै छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विद्यार्थीलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले अनलाइनबाट पढाएको वापतको मात्र शुल्क लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो परीक्षा संचालन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाई नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भौतिक रुपमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलानमा पढेको शुल्क मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराउनुभयो ।

इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाइन पढेको शुल्क मात्रै तिरेर आफूहरुले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *