Main News

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, २०७५ संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ ५ गते १७:११
कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, २०७५ संक्रमित थपिए

५ भदौ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । २ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ । पछिल्लो पटक संक्रमण दर भने केही घटेको छ ।

गत २४ घण्टामा १३ हजार परीक्षण गर्दा २ हजार ७५ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौं उपत्यकामा ६ सय ६७ जना छन् ।

काठमाडौंमा ४ सय ८३, ललितपुरमा १ सय ३ र भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यका बाहिर झापामा १ सय ३२ र कास्कीमा ९१ जना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक २३ सय ८२ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४० हजार बाट तल झरेको छ । ७ सय १८ जनाको आइसीयुमा र १ सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक खोप लगाउनेको संख्या भने कम छ । गत २४ घण्टामा करिब ६४ हजार जनाले मात्रै खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *