Main News

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने

हिमालय टिभी
२०७८ साउन २९ गते ८:५३
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने

२९ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा ११ बजे तय भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो विचार राख्ने कार्यसूची रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो ।

क्रियाशील सदस्यतामा देखिएको विवाद र महाधिवेशन सार्ने नसार्ने भन्ने विषयमा छलफल केन्द्रित हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *