Main News

जसपा र माओवादी केन्द्रले मन्त्रीको सूची दिएपछि आजै मन्त्रिपरिषद् विस्तारको तयारी

हिमालय टिभी
२०७८ साउन १७ गते ९:४१
जसपा र माओवादी केन्द्रले मन्त्रीको सूची दिएपछि आजै मन्त्रिपरिषद् विस्तारको तयारी

१७ साउन २०७८ काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुङ्गो लगाएमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्रीको रहेको उहाँको निजी सचिवालय स्रोतले जनाएको छ ।

सरकारमा जाने मन्त्रीहरुको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्र र जसपा आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *