Main News

नाफाका लागि नभई सेवाका लागि अस्पताल खोल्ने घोषणा गरेको राज्यमन्त्री श्रेष्ठको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ११ गते १८:५८
नाफाका लागि नभई सेवाका लागि अस्पताल खोल्ने घोषणा गरेको राज्यमन्त्री श्रेष्ठको दाबी (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले नाफा कमाउन नभई सेवा गर्ने उद्देश्यले अस्पताल खोल्ने घोषणा गरेको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य व्यवसायमा समेत लगानी गरेका श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालय दिएको भन्दै आलोचना भइरहेको छ ।

आलोचकलाई जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले आफूले व्यवसायका लागि नभई सेवाका लागि अस्पताल खोल्ने तयारी गरेको दाबी गर्नुभयो ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य उपचार गर्न सक्ने स्थिति नभएको भन्दै राज्यमन्त्री श्रेष्ठले आफूले अस्पताल खोलेर सहयोग गर्न खोजेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *