Main News

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, २२३७ संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन १० गते १७:४६
कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, २२३७ संक्रमित थपिए

१० साउन २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हवा ७ सय १३ पुगेको छ ।

पछिल्लो पटक २ हजार २ सय ३७ संक्रमित थपिएका छन्। १० हजार ५ सय ६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको छ भने ३ हजार २ सय ६५ एन्टीजेन परीक्षणमा ६ सय ९८ जनामा संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा ६ सय २४ जना संक्रमित थपिए। आज काठमाडौंमा ४ सय ६८ ललितपुरमा ८९ र भक्तपुरमा ६७ संक्रमित थपिए । उपत्यका बाहिरर आज मोरङमा १ सय ८७ र कास्कीमा १ सय १४ जनामा संक्रमण देखिएको छ ।

हाल देशभर २७ हजार २ सय २८ सक्रिय संक्रमित रहेका छन् । हाल देशभरका अस्पतालमा ६ सय ६६ जनाको आइसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो पटक २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कुल निको हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *