Main News

कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जाँदै

हिमालय टिभी
२०७८ साउन ६ गते १३:३०
कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जाँदै

६ साउन २०७८ काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको विमान आज चीन जाँदैछ ।

चीनसँग खरिद गरिएको खोप लिन राति एघार बजे निगमको वाइडबी विमान चीन पठाउने तयारी गरिएको हो । खोप लिएर विमान भोलि दिउँसो काठमाडौं आइपुग्नेछ ।

त्यही विमान भोलि राति नै बाँकी खोप लिन चीन जानेछ । चिनियाँ अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउँदैछ। ४८ लाख डोजमध्ये केही दिनभित्रै थप २५ लाख डोज खोप नेपाल ल्याइ​सक्ने तयारी छ।

पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ । गएको असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *