राजनीति

बालुवाटारबाट प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, तर विपक्षी गठबन्धनलाई धोका दिन्नँः नेता नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १२ गते १८:५२
बालुवाटारबाट प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, तर विपक्षी गठबन्धनलाई धोका दिन्नँः नेता नेपाल (भिडियो रिपोर्टसहित)

१२ असार २०७८ काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ५ दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको प्रलोभनमा परेर धोका नदिने बताउनुभएको छ ।

संघीय संसद भवनमा आज विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताउनुभएको हो ।

एमाले नै भएर एमालेकै सरकारविरुद्ध लाग्नुलाई उहाँले पार्टीभित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिनुभयो । आफूले विगतमा पार्टीभित्र समस्या देखिने बित्तिकै जिम्मेवारीबाट आफू मुक्त भएको स्मरण गर्दै प्रधानमन्त्री ओली भने सत्तामोहमा लिप्त भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हाम्रो लडाई केपी ओली व्यक्तिविरुद्धको लडाई होइन । केपी ओली प्रवृत्तिविरुद्धको लडाई हो । जब सत्ता, शक्ति र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । केपी ओलीजीमा त्यही सत्ता, शक्ति र पैसाको मात लागेको छ । तानाशाहहरु डेमोक्रेटिक सिस्टमबाट पनि जन्मिदा रहेछन् । हाम्रो देशमा पनि केपी ओलीको रुपमा नयाँ चरित्र हामीले पाएका छौ । त्यही पार्टीभित्र हामी पनि रहेका हौ । पार्टीभित्र समस्या हुने बित्तिकै राजीनामा दिएका थियौ प्रधानमन्त्रीबाट । नैतिकताको आधारमा पार्टीको प्रमुख पदबाट राजीनामा दिएका थियौ । तर केपी ओलीलाई सत्ता भइरहेपछि त्यो भन्दा बाहेक केही पनि छैन । त्यसकारण उहाँ भन्नुहुन्छ कि कुर्सी माग्ने हो भने कुर्सी नै भाँचिदिन्छु । कुर्सी ताक्ने प्रचण्डले ? भाँचिदिन्छु । कुर्सी ताक्ने माधव नेपालले भाँचिदिन्छु । अहिले शेरबहादुरजीले कुर्सी ताक्नुभयो, कुर्सी नै भाँचिदिनुभयो । न रहे बाँस न बजे बासुरी । ”

प्रधानमन्त्री ओलीले विगतमा पनि आफू, पुष्पकमल र बामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसंग उल्लेख गर्दै उहाँले अब भने कुनै पनि किसिमले विच्चलित नहुने स्पष्ट पार्नुभयो । केपी ओलीको धेरैपटकको धोका र पटकपटकको चालबाजीबाट आफै हैरान भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको पद दिएपछि माधव कुमार नेपालको मन विचलित हुने हो कि खुट्टा काँम्ने हो कि ? समय छैन अब । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संविधान र परिवर्तनको पक्षमा उभिएको र त्यसैमा उभिनुपर्छ भन्ने मान्यता बोकेर अघि बढेको हो । ओलीले गलत नीति, गलत विचार, चिन्तन र प्रवृत्ति छोडेर बुद्ध भएर फर्कनुहुन्छ भने ठिक छ । हुन त मलाई त्यत्ति विश्वास त छैन । ”

उहाँले आफु कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेकाले आफुले गठबन्धनलाई धोका नदिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “माधव नेपाललाई प्रधानमन्त्री आउँछ भन्ने होइन, आइसक्यो तर माधव नेपाल धोका दिने मान्छे होइन । प्रस्ताव फिर्ता गर्ने । कुनै पनि हालतमा यो प्रश्न छैन । ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्