Main News

निषेधाज्ञा कुखुलो भए पनि स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह

हिमालय टिभी
२०७८ असार ७ गते १३:१२
निषेधाज्ञा कुखुलो भए पनि स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह

७ असार २०७८ काठमाडौैं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निषेधाज्ञा केही खुकुलो भए पनि कोभिड–नाइन्टिन संक्रमणको चक्र अझै नतोडिएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गरिए पनि कोरोनाको चक्र नतोडिएको जनाएको हो।

कोभिड–नाइन्टिनको संक्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक नपरून्जेल अझै पनि घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह छ ।

निस्कनै परे सधैं मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने लगायतका सबै स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न पनि मन्त्रालयको सुझाव छ ।

लापरवाहीकै कारण कोभिङ १९ संक्रमण फेरि फैलने कारण नबनोस् भनि सूचनामा भनिएको छ। उपत्यकामा भोलीदेखि स्मार्ट लकडाउन गर्ने सरकारले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *