Main News

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको चिनियाँ खोप

हिमालय टिभी
२०७८ जेठ १८ गते १८:३४
काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको चिनियाँ खोप

१८ जेठ २०७८ काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । १० लाख डोजमध्ये ८ लाख डोज खोप बेइजिङबाट आज काठमाडौं ल्याइएको हो ।

हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज खोप लिएर आज दिउँसो त्रिभुवन विमानस्थलमा आएको छ । अघिल्लो हप्ता चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदान दिने घोषणा गर्नुभएको थियो ।

बाँकी दुई लाख खोप तिब्बतबाट आउनेछ । उक्त खोप विभिन्न खेपमा आज र भोलि गरेर काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल खोप प्रयोग भइसकेको छ ।

अहिले आएको खोप उपलब्धता आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये ‘कसलाई पहिले दिने’ भन्ने तय गरिने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *