Main News

यो वर्षको मनसुन खतरनाक हुन सक्ने विज्ञको चेतावनी, सचेत रहन अपील

हिमालय टिभी
२०७८ जेठ १७ गते १९:१४
यो वर्षको मनसुन खतरनाक हुन सक्ने विज्ञको चेतावनी, सचेत रहन अपील

१७ जेठ २०७८ काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरानाक हुन सक्ने भन्दै सचेत रहन अपील गरेको छ ।

अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगव्याधीले धेरैलाई असर गर्नसक्ने बताएको हो । प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले दक्षिण एसियाको मौसमसम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताउनुभयो ।

डाक्टर पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १ सय २० दिनसम्म पिरोल्ने भएकाले विपतबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । जोखिमका बस्तीमा अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्न उहाँले सुझाव दिनुभयो ।

विपदबाट बच्न र जानकारी प्राप्त गर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *