Main News

राष्ट्रपतिको सक्रियता, दुई छिमेकी राष्ट्रका समकक्षीसँग खोप उपलव्ध गराउन अनुरोध

हिमालय टिभी
२०७८ जेठ १२ गते १७:४५
राष्ट्रपतिको सक्रियता, दुई छिमेकी राष्ट्रका समकक्षीसँग खोप उपलव्ध गराउन अनुरोध

१२ जेठ २०७८ काठमाडौं । कोरोनाको महामारी बढ्दै जाँदा राष्ट्रपति विद्यादेवि भण्डारीले खोपका लागि सक्रियता देखाउनु भएको छ ।

उहाँले आज छिमेकी दुई देश भारत र चीनका राष्ट्रपतिलाई खोप सहयोगका लागि आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गर्दै दोस्रो डोजको कोरोना खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो । परराष्ट्र मन्त्रालयमा पठाइएको पत्र आज भारत पठाइएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले आजै चीनका राष्ट्रपति सी जिङपिङसँग टेलिफोन वार्ता गर्नुभएको छ । झण्डै ४० मिनेट भएको टेलिफोन संवादमा राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउन चिनियाँ समकक्षीलाई आग्रह गर्नुभयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार कुराकानीमा राष्ट्रपतिले कोभिड नियन्त्रणका लागि नेपाललाई आवश्यक पर्ने खोप चीनसँग खरिद गर्न इच्छकु रहेको बताउनुभयो ।

चीनका समकक्षीले आफूले उदारतापूर्वक नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *