Main News

प्रधानमन्त्री ओली र मन्त्रीमाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा कांग्रेसको उजुरी

हिमालय टिभी
२०७८ जेठ ६ गते १७:५१

६ जेठ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो । मौन अवधिमा प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठले गृहमन्त्री रामबहादुर थापाका लागि भोट मागेपछि कांग्रेसले उजुरी गरेको हो ।

कांग्रेसले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य भएकोले कारवाही गर्न माग गरेको छ ।

आचारसंहिताविपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई विजय गराउन मतदातालाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्तविपरीत भएको कांग्रेसको ठहर छ ।

निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले भोट मागेपछि सर्वत्र विरोध भैरहेको छ ।

आयोगले उजुरी आएको र अध्ययन गरेर अरु काम अघि बढाइने जनाएको छ । छानविनमा उल्लंघन गरेको देखिएमा कानुनअनुसार १ लाखसम्म जरिवाना हुनसक्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *