Main News

कोरोना संक्रमणबाट पूर्व सांसद एवं एमाले नेता यादवको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ६ गते ८:३७
कोरोना संक्रमणबाट पूर्व सांसद एवं एमाले नेता यादवको मृत्यु

६ जेठ २०७८ काठमाडौं । पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

धनुषाको सबैला नगरपालिका( १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ५२ वर्षीय यादवको आज बिहान ४ बजे मृत्यु भएको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।

यादव एमालेका पूर्व पोलिव्युरो सदस्य हुनुहुन्थ्यो । यादव २०४६ सालदेखि नेकपा ९एमाले०को राजनीतिमा सक्रिय यादव २०५६ सालमा सांसद निर्वाचित हुनुभएको थियो ।

यादवलाई १४ दिन अघि संक्रमण पुष्टि भएको थियो। पछिल्लो समय मिर्गौला रोगबाटसमेत पीडित यादवको शवलाई काठमाडौंमै व्यवस्थापन गरिने छ। सबैलामा विद्यालय व्यवस्थापन समिति गठनको विवादमा झडप हुँदा दुई जनाको मृत्यु भएको घटनामा यादव पनि मुछिनुभएको थियो ।

जिल्ला अदालतले वारेन्ट जारी गरेपछि यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउसमेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *