Main News

सात समुद्रपारको ज्याकाराण्डा फुल्दा दुलहीझैं काठमाडौं (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १९ गते १४:२४
सात समुद्रपारको ज्याकाराण्डा फुल्दा दुलहीझैं काठमाडौं (भिडियो रिपोर्टसहित)

१९ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि काठमाडौंमा निषेधाज्ञा छ । सडकमा गाडी कम गुडेका छन् । जसले धुँवाधुलो कम छ । यहीबेला काठमाडौंका सडक किनारामा ढकमक्क ज्याकाराण्डा फुलेको छ । जसले शहरको सौन्दर्य बढाएको छ ।

यो काठमाडौंको शहिदगेट ।

अनि यो टुँडिखेल वरपर ।

अनि यो चाहिँ घन्टाघर ।

घन्टाघरबाटै देखिने यो दरबार मार्ग ।

काठमाडौंका मुख्य मुख्य क्षेत्र अहिले बैजनी रंगका फूलले ढाकिएका छन् । यी फूल र यसको सौन्दर्य हेरेर लाग्छ यतिबेला काठमाडौं उपत्यकामा वसन्तको बहार पोखिएको छ।

काठमाडौंका सडक किनारामा ढकमक्क फुलेको यो ज्याकाराण्डा विदेशबाट ल्याइएको हो ।

यसमा भएका विशेषताका आधारमा वैज्ञानिकले ज्याकारान्डा ल्याटिन अमेरिकी देशबाट आएको मानेका छन् । तर यो वनस्पति अहिले सात समुद्र पार गरेर नेपालमा मात्र हैन । एसिया, अफ्रिका र युरोपका धेरै देशमा फैलिसकेको छ ।

ज्याकारान्डालाई नेपालमा कसले भित्र्यायो भन्नेमा फरकफरक धारणा र भनाइ पाइन्छ । जसले जे भने यो राणा परिवारले काठमाडौंमा भित्र्याएकोमा भने एकमत छ । र सयदेखि डेढ सय वर्षअघि नेपाल भित्रिएको मानिन्छ ।

यो फूललाई काठमाडौंका नेवार समुदायले ‘चखुँचा स्वाँ’ भन्दछन् । चखुँचा स्वाँको नेपाली अर्थ भँगेरी फूल हो । ज्याकारान्डाको झरेको फूल हातमा राखेर हेर्दा भँगेरोजस्तै देखिने भएकाले यसलाई भँगेरी फूल भन्न थालिएको छ । नाम जे सुकै भए पनि यो फूलले अहिले काठमाडौंको सुन्दरता बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *