राजनीति

मतदानका दिन सम्पर्कविहीन भएर अस्पतालमा भेटिएका सांसद शाहीले खोले मुख

हिमालय टिभी
२०७८ वैशाख १६ गते १९:५३
मतदानका दिन सम्पर्कविहीन भएर अस्पतालमा भेटिएका सांसद शाहीले खोले मुख

१६ वैशाख २०७८ पोखरा । अविश्वास प्रस्तावमाथि मतदान हुनै लाग्दा सम्पर्कविहीन भएर चर्चामा आएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले मुख खोल्नुभएको छ ।

पोखराको चरक अस्पतालमा भर्ना भएका शाहीले विज्ञप्ति निकालेर अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा भोट हाल्ने पार्टीको निर्णय भएको र संसदीय दलमा आफ्नो समेत सहभागितामा निर्णय भएको पनि शाहीले उल्लेख गर्नुभएको छ ।

शाहीले बिरामी भएर अस्पताल भर्ना भएको भन्दै स्वस्थ भएपछि आफूमाथि उठेका प्रश्नको जवाफ दिने पनि बताउनुभएको छ । आफ्नो विषयमा भ्रामक प्रचार भएको उहाँको गुनासो छ ।

हिजो अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जाने तयारी गर्दा अचानक बेहोस भएर अस्पताल भर्ना भएको शाहीको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभामा हिजो अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन हुनुभएको थियो । शाहीका कारण हिजो मतदान हुन सकेको थिएन भने बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।

शाही पार्टीलाई समेत थाहै नदिई अस्पताल भर्ना भएपनि अनेकौं अड्कलबाजी भैरहेको छ । सत्तारुढ एमालेले सत्ता टिकाउन शाहीलाई अस्पताल पुर्याएको समेत कांग्रेस र माओवादी ले आरोप लगाएका छन ।

तुलनात्मक रुपम स्वच्छ राजनीति गर्ने पार्टी राष्टिय जनमोर्चाका विषयमा समेत अनेकौं टिप्पणी भैरहेका छन । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता जोगाउने ढाल्ने भन्नेमा जनमोर्चा निर्णायक छ ।

तीन सदस्य रहेको जनमोर्चाले गुरुङ विरुद्ध भोट हाल्ने निर्णय गरेको थियो । तर कोरोना नेगेटिभ देखिएका सांसद शाही पछि पोजिटिभ आएको भन्दै अस्पताल भर्ना भएपछि प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्