Main News

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन तालिका सार्वजनिक

हिमालय टिभी
२०७८ वैशाख १२ गते १६:५१

१२ वैशाख २०७८ रुपन्देही । निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आउँदो जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगको तालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन हुनेछ । वैशाख २४ गते उमेदवारको मनोनय गर्ने कार्यतालिका छ ।

त्यस्तै, वैशाख २९ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने, २९ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । जेठ ६ गते वाग्मती प्रदेशको रिक्त एक स्थानमा निर्वाचन हुन लागेको हो ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ नेकपा ९एमाले० प्रवेश गरेपछि रिक्त स्थानमा निर्वाचन हुन लागको हो । एमालेले थापालाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *