ओली सरकार हटाएर कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छः नेता सिंह (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकार हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाएर मुलुकलाई निकास दिनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा भएको एक कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा बस्ने अधिकार नभएकाले हटाउनैपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीबाट भएका अलोकतान्त्रिक र असंवैधानिक काम संशोधन गरेर चुनावमा जानुपर्नेमा जोड दिनुभयो । ओली सरकारले गरेको संवैधानिक नियुक्ति उल्ट्याउनुपर्ने नेता सिंहको मत छ ।
पार्टीको अहिलेको आधिकारिक निर्णय कांग्रेसको नेतृत्वमा नयाँ सरकार भन्दै सिंहले त्यसविपरीत नेताहरुले बोल्न नहुने बताउनुभयो । सिंहले घुमाउरो ढंगले संख्या नपुग्ने भन्दै सभापति शेरबहादुर देउवाले सरकार गठनमा देखाएको उदासिनताप्रति आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया