राजनीति

माओवादीतर्फका मन्त्रीले राजीनामा दिनुको कुनै अर्थ नरहेको मुख्यमन्त्री गुरुङको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २५ गते १८:५३
माओवादीतर्फका मन्त्रीले राजीनामा दिनुको कुनै अर्थ नरहेको मुख्यमन्त्री गुरुङको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा माओवादीतर्फका मन्त्रीले दिएको राजीनामाको कुनै अर्थ नहुने दाबी गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि प्रदेश सभामा मुख्यमन्त्री गुरुङले केन्द्रको विवादले प्रदेशमा सहमति तोड्नुको अर्थ नहुने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले एउटै घोषणापत्र कार्यान्वयन गर्नुपर्नेमा सरकारबाट किन बाहिरिएको भनेर माओवादीलाई प्रश्न गर्नुभयो ।

नेकपा माओवादी संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पार्टी विभाजन भईसकेको अवस्थामा फरक मत देखिएका कारण सरकारमा बस्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले अहिलेसम्म प्राप्त उपलब्धी समाप्त गर्ने गरेर संघीय सरकारले काम गरेकाले सरकारबाहिर रहेरै विरोध गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङलाई विश्वासको मत लिन आग्रह गर्नुभयो ।

माओवादीबाट सरकारमा सहभागी आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले राजीनामा दिनुभएको थियो । माओवादीका मन्त्रीले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्