Main News

लुम्बिनी प्रदेशमा दुई जना सांसदले गुमाए पद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २४ गते १९:०८
लुम्बिनी प्रदेशमा दुई जना सांसदले गुमाए पद (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र छाडेका दुईजना सांसदको पद गएको छ । दलत्याग ऐन अनुसार दुई सांसद पदमुक्त भएका हुन् ।

माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका सांसद दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएको प्रदेशसभाको आजको बैठकमा जानकारी गराइएको छ । सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको दल त्यागसम्वन्धि सूचना पढेर सुनाउनुभयो ।

प्रदेश सभाको नियमावली १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने व्यवस्था छ ।

न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (ख) र पन्थी गुल्मी क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित हुनुभएको थियो । दुई सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशमा सांसदको संख्या ८७ बाट ८५ मा झरेको छ ।

तत्कालिन नेकपामा विवाद शुरु भएपछि सांसद पद जाने न्यौपाने र पन्थी पहिलो हुनुहुन्छ । लुम्विनी प्रदेशसभामा अब माओवादी केन्द्रका १८ सांसद कायम भएका छन् । कारवाही गर्नुअघि माओवादीले दुबैजनालाई स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *