राजनीति

एमाले प्रवेश गरेका चार जना सांसद माओवादी केन्द्रद्वारा निश्कासित

हिमालय टिभी
२०७७ चैत २४ गते १६:४०
एमाले प्रवेश गरेका चार जना सांसद माओवादी केन्द्रद्वारा निश्कासित

२४ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार जना सांसदलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

कैलालीबाट निर्वाचित सांसद लेखराज भट्ट र गौरीशकर चौधरी, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी र रौतहटबाट निर्वाचित प्रभु साहलाई पार्टी सदस्यबाटै निष्काशन गरेको हो ।

दल त्याग गरेको भन्दै पद खारेजका लागि माओवादीले संसद सचिवलायलाई पत्राचार गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसदले दल त्याग गरेमा पद रिक्त हुने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार ४ जनाको पद खारेजका लागि माओवादीले प्रक्रिया अगाडि बढाएको हो । चारैजना नेताहरु हाल केपी शर्मा ओली नेतृत्वको सरकारमा हुनुहुन्छ । भट्ट उद्योग वाणिज्यमन्त्री, रायमाझी ऊर्जामन्त्री, चौधरी श्रम तथा सामाजिक सुरक्षामन्त्री र साह शहरी विकासमन्त्री हुनुहुन्छ ।

गृहमन्त्री रामबहादुर थापालाई भने माओवादी केन्द्रले कारवाही गरेको छैन । थापालाई एमालेको ओली समूहले बागमती प्रदेश इन्चार्ज बनाएको छ ।

स्पष्टीकरण सोधिएकामा साहबाहेक अरुले जवाफ नदिएको र जवाफ दिने साहको पनि स्पष्टीकरण चित्त बुझ्दो नभएकाले कारबाही गरेको माओवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्