Main News
दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
२०७७ चैत २० गते २०:२७

२० चैत २०७७ दाङ । दाङमा बस दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ ।
घोराहीबाट लमही जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेर २ जनाको घटनास्थलमै ज्यान गएको छ भने दर्जन यात्रु घाइते भएकोे जिल्ला प्रहरीले जनाएको छ ।
ज्यान जानेहरुको नाम ठेगाना खुल्न सकेको छैन । अपरान्ह करिब साढे पाँच बजेतिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।
प्रतिक्रिया