Main News

आयल निगमसम्बन्धी नीतिगत समस्या समाधान गरिँदैः मन्त्री भट्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते १५:३६
आयल निगमसम्बन्धी नीतिगत समस्या समाधान गरिँदैः मन्त्री भट्ट (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्या प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताउनुभयो ।

कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको मन्त्री भट्टको दावी छ । विपरित विचार हुनेहरुले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकाले वितरण प्रणालीलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *