Main News
नेपाल र रावलमाथि एक महिनाअघिको मिति राखेर कारबाही
२०७७ चैत १६ गते १९:२४

१६ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेपाल माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथि एक महिना अघिको मिति राखेर कारवाही गरेको पाइएको छ ।
माधवकुमार नेपाल र भीम रावललाई एकमहिना अघि अर्थात फागुन १६ गतेको मिति राखेर निलम्बन गरिएको छ । यसले स्पष्टिकरण सोध्नु अघि नै कारवाहीको तयारी गरिएको देखिएको छ ।
एमालेको संस्थापन पक्षले चैत ८ गते पार्टी विरोधी गतिविधि गरेको, समानान्तर अभ्यास चलाएको, सरकार विरुद्ध षडयन्त्र गरेको र प्रचण्डको मतियार बनेको भन्दै एमालेको संस्थापन पक्षले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधेको थियो ।
तर कारवाही भने एक महिना अघिको मितिमा गरिएको छ ।
प्रतिक्रिया