Main News

निलम्बित सांसद रेशम चौधरी भेट्न महेश बस्नेत किन पुगे जेल ? केके भए कुराकानी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १३ गते १५:१५
निलम्बित सांसद रेशम चौधरी भेट्न महेश बस्नेत किन पुगे जेल ? केके भए कुराकानी ? (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । ज्यान मुद्दामा थुनामा रहेका जनता समाजवादी पार्टी (जसपा)का निलम्बित सांसद रेशम चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूतका रुपमा सांसद महेश बस्नेतले भेट्नुभएको छ ।

बस्नेतले डिल्लीबजारस्थित कारागारमै पुगेर चौधरीलाई भेटनु भएको हो । चौधरीलाई भेटेको स्वीकार गरे पनि बस्नेतले त्यहाँ भएको संवादबारे खुलाउनु भएको छैन ।

संसदीय समीकरणमा अल्पमतमा पर्ने खतरा रहेका बेला ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेतासँग औपचारिक–अनौपचारिक वार्ता गरिरहेका बेला आजको भेटलाई अर्थपूर्ण मानिएको छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका बस्नेत ओलीका निकट मानिनुहुन्छ । ओलीलाई अप्ठ्यारो परेका बेला बस्नेतले साथ दिँदै आउनुभएको छ ।

गत वैशाखमा पनि संकटमा परेका बेला तत्कालीन संघीय समाजवादी पार्टी फूटाउने प्रयासमा बस्नेतले सांसद अपहरण गरेको भन्दै चर्को आलोचना भएको थियो ।

अहिले जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव केपी ओलीलाई सत्ताबाट हटाउने पक्षमा हुनुहुन्छ । प्रधानमन्त्री ओली जसपा अध्यक्ष महन्थ ठाकुर समूहलाई फकाउन लागि पर्नु भएको छ ।

हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा चौधरीलगायतको रिहाइको माग राख्दै माइतीघर मण्डलामा भएको धर्नामा पुग्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *