Main News

प्रधानमन्त्री ओलीले संसदको अपमान गरेको सांसद थापाको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते १७:४७
प्रधानमन्त्री ओलीले संसदको अपमान गरेको सांसद थापाको आरोप (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रधानमन्त्रीले आफूमाथि वर्षिने प्रश्न छल्न खोजेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले संसद विघटन गर्ने गलत कदम सही सावित गर्न संसदलाई कामविहीन बनाएको थापाको टिप्पणी छ । तर यसको बदला जनताले लिने थापाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *