Main News
पार्टीमा गुटगट अस्तित्व स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)
२०७७ चैत ७ गते १८:५३

७ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत अस्तित्व स्वीकार्य नहुने बताउनुभएको छ ।
नेपाल–खनाल समूहको पाँचबुँदे माग पत्र बुझेपछि प्रधानमन्त्री ओलीले समूह वा गुटगत गतिविधि स्वीकार नगर्ने बताउनुभएको हो ।
नेकपा एमालेको संसदीय दलबाहेक अर्को कुनै अस्तित्व नभएको र त्यो किमार्थ स्वीकार्य नहुने प्रधानमन्त्रीले बताएको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
सांसद र नेताका व्यक्तिगत गतिविधि गर्न छुट हुने तर समूहगत रूपमा कुनै पनि गतिविधि गर्न छुट नदिने विषयमा प्रधानमन्त्री दृढ रहेको भट्टराईले जानकारी दिनुभयो ।
बालुवाटारमा बैठक बस्न नहुने नेपाल खनाल पक्षको मागलाई पनि ओली पक्षले अर्थहीन भनेको छ ।
प्रतिक्रिया