Main News

साढे दुई किलो युरेनियमसहित काठमाडौंमा चार जना पक्राउ

हिमालय टिभी
२०७७ फागुन २८ गते १७:१८
साढे दुई किलो युरेनियमसहित काठमाडौंमा चार जना पक्राउ

२८ फागुन २०७७ काठमाडौं । काठमाडौंमा प्रहरीले साढे २ किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ । नेपालमा पहिलो पटक बहुमुल्य धातु युरोनियम बरामद भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट युरोनियमसहित चारजनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछापका प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिकाका मनोज न्यौपाने पक्राउ परेका छन् ।

बरामद भएको युरेनियम प्रशोधन नभएको परीक्षणमा पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० ग्राम प्रशोधित युरेनियमको मूल्य १८ करोड रुपैयाँ पर्छ ।

आणविक बम बनाउन प्रयोग हुने युरोनियम कहाँबाट कसरी ल्याइएको भन्नेबारेमा प्रहरीले खुलाएको छैन । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *