Main News

राष्ट्रिय किसान आयोगको अध्यक्ष र सदस्य पदका लागि सरकारद्वारा आवेदन माग

हिमालय टिभी
२०७७ फागुन २७ गते ९:०४
राष्ट्रिय किसान आयोगको अध्यक्ष र सदस्य पदका लागि सरकारद्वारा आवेदन माग

२७ फागुन २०७७ काठमाडौं । सरकारले राष्ट्रिय किसान आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले उक्त पदहरूका लागि दरखास्त दिन सक्नेछन् । २०७८ वैशाख १ गतेदेखि किसान आयोगमा अध्यक्ष र सदस्य पदहरू रिक्त हुने भएकाले नियुक्त गर्न आवेदन माग गरिएको हो ।

आजदेखि २१ दिनभित्र दरखास्त दिन सकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सिफारिस समितिले सूचना निकालेर जानकारी गराएको छ । एक जना अध्यक्ष, किसान प्रतिनिधि सदस्य एक महिलासहित तीन जना, कृषि सहकारीमा आवद्ध किसान एक जना सदस्य र एक जना कृषि विज्ञ सदस्य पदका लागि आवेदन खुला भएको छ।

अध्यक्ष पदका लागि कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण भएको तथा ३५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।

साथै पाँच हजार शब्दमा व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदन फारम www.moald.gov.np बाट डाउनलोड गर्न सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *