राजनीति

नारायणहिटी अगाडि ‘प्रतिगमन’मा विद्यार्थीले गरे जुत्ता प्रहार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १० गते १७:१०
नारायणहिटी अगाडि ‘प्रतिगमन’मा विद्यार्थीले गरे जुत्ता प्रहार (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको विद्यार्थी संगठनले संसद विघटनको विरोध गर्दै प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको छ ।

नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’को प्रतीक बनाई जुत्ता हानेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम गरेकै ठाउँ नारायण हिटी संग्रहालय अगाडि अनेरास्ववियूले विरोध गरेको हो । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित नारासमेत लगाएका छन् ।

कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले अहिले सांकेतिक रुपमा जुत्ता प्रहार गरिएको भन्दै प्रतिगमन कुनै पनि मूल्यमा स्वीकार नगर्ने बताउनुभयो ।

संसद् विघटनलाई प्रतिगमन भन्दै नेकपाको प्रचण्ड नेपाल समूह आन्दोलित छ । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्