Main News

संघीयता कमजोर बनाउने खेल सिंहदरबारबाटै भइरहेको मुख्यमन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ४ गते १९:०७
संघीयता कमजोर बनाउने खेल सिंहदरबारबाटै भइरहेको मुख्यमन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले संघीयता कमजोर पार्ने खेल सिंहदरबारभित्रबाटै भइरहेको आरोप लगाउनु भएको छ ।

प्रदेश सरकार स्थापना विदसको अवसरमा पोखरामा भएको कार्यक्रममा मुख्मन्त्री गुरुङले प्रदेशको अधिकार तलमाथि कसरी गर्न सकिन्छ कि भनेर सिंहदरबारमा चलखेल भइरहेको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार आवस्यक नभएको तर्क गर्नेलाई संविधानविरोधी भन्दै आलोचना गर्नुभयो । प्रदेशका कारण खर्च भएको देख्ने तर ५० हजार कर्मचारी सिंहदरबारमा थन्काएर राखेको किन नदेखेको भनी उहाँले प्रश्न गर्नुभयो ।

संघीय सरकारका कारण प्रदेश सरकारले काम गर्न नदिएको निष्कर्ष सुनाएका मुख्मन्त्री गुरुङले सानातिना आयोजना स्थानीय तहले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रदेशलाई ७–८ प्रतिशत मात्रै बजेट दिएकोमा गुनासो गर्दै मुख्यमन्त्री गुरुङले रकम भए गण्डकी प्रदेशलाई एसियाकै नमूना बनाएर देखाउने दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *