Main News

१३० जना कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ २६ गते १७:१२
१३० जना कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

२६ माघ २०७७ काठमाडौं । नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२०५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र ६० महिलामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०४५ पुगेको छ ।

नेपालमा थप १९४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६८२६६ पुगेको छ ।

हाल १ हजार ७ सय ४४ जना आइसोलेसनमा रहेका छन् भने ९२ जना क्वारन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल ८० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६३ जना आइसियु र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *