राजनीति

नेकपा उपाध्यक्ष गौतमद्वारा पार्टी एकता राष्ट्रिय एकता अभियान घोषणा (अवधारणापत्रसहित)

हिमालय टिभी
२०७७ माघ १४ गते १३:०३
नेकपा उपाध्यक्ष गौतमद्वारा पार्टी एकता राष्ट्रिय एकता अभियान घोषणा (अवधारणापत्रसहित)

१४ माघ २०७७ काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय’ अभियान घोषणा गर्नुभएको छ । नेकपाको पुनः एकीकरण दुई चरणमा गर्ने गौतमको योजना छ ।

ललितपुरमा एक कार्यक्रमकाबीच एकता अभियान घोषणा गर्दै गौतमले अदालतको फैसलाअघि र पछि गरेर दुई चरणमा पार्टी एकता गर्ने अवधारणा सार्वजनिक गर्नुभयो ।

प्रतिनिधिसभा पुनर्स्स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्र अन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गराउने गौतमको योजना छ ।

अवधारणापत्र पढ्न यो लिङ्कमा क्लिक गर्नुहोस्

त्यसका लागि गौतमकै नेतृत्वमा सात सय ५१ सदस्यीय समिति बनाइएको छ । पार्टी एकता अभियान सफल पारेरै छोड्ने गौतमको दावी छ ।

पार्टी फूटाउन केपी शर्मा ओली र प्रचण्ड दुवै बराबर जिम्मेवार रहेको गौतमको तर्क छ । प्रचण्डले आलोपालो सहमति छोडेपछि नै एकता भाँडिएको गौतमले दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्