Main News
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
२०७७ माघ १ गते १७:५५
१ माघ २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पाँच हजार ३२ नमूनाको पीसीआर परीक्षण गर्दा ४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २० लाख भन्दा धेरै पीसीआर परीक्षण भएको छ । उक्त परीक्षणबाट दुई लाख ६६ हजार पाँच सय ४६ संक्रमित पहिचान भएका छन् ।
तिमध्ये दुई लाख ६० हजार एक सय ७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक ४ सय ५ जना संक्रमणमुक्त भएका छन् । अब चार हजार चार सय २६ जना सक्रिय सङ्क्रमित छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय ४३ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया