Main News

गुणस्तरहीन निर्माणमा मुख्यमन्त्री र प्रदेश सांसदकै संलग्ननता ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १८:५०
गुणस्तरहीन निर्माणमा मुख्यमन्त्री र प्रदेश सांसदकै संलग्ननता ! (भिडियोसहित)

२४ कात्तिक, २०७७, वीरगञ्ज । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत प्रदेश २ सरकारले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ स्थित मुर्ली पोखरीको सौन्दर्यकरणको काम भइरहेको छ । तर यसमा ठेक्केदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको स्थानीय बासिन्दाको आरोप छ ।

७ करोडमा ९८ लाख ७० हजार रुपैयाँमा प्रेरा रञ्जन जेभी ललितपुरले यसको ठेक्का लिएको हो । गत असार मसान्तमै काम सकिनुपर्नेमा अहिलेसम्म ५० प्रतिशत काम पनि हुन सकेको छैन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोडबलमा सांसदकै कम्पनीले ठेक्का पायो। समयमा काम त भएन नै निर्माणमा कमसल सामग्री प्रयोग भएको स्थानीयबासिन्दाको गुनासो छ । मुख्यमन्त्रीसहितका नेताहरुले निर्माणको अनुगमन गर्दा स्थानीयबासिन्दाले गुनासो पनि गरे । तर कुनै सुनुवाइ भएन ।

पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १२ स्थित मुर्ली पोखरीको सौन्दर्यकरण भइरहेको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ “ख” का प्रदेश सभा सदस्य सिंगासन कलवारको कम्पनी प्रेरा रञ्जन जेभी ललितपुरले यसको काम गरिरहेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोडबलमा सांसदकै कम्पनीले ठेक्का पायो। समयमा काम त भएन नै निर्माणमा कमसल सामग्री प्रयोग भएको स्थानीयबासिन्दाको गुनासो छ । मुख्यमन्त्रीसहितका नेताहरुले निर्माणको अनुगमन गर्दा स्थानीयबासिन्दाले गुनासो पनि गरे । तर कुनै सुनुवाइ भएन ।

पोखरी सौन्दर्यीकरण कार्यमा प्रयोग हुने बालुवामा माटो मिसिएको छ । ईट्टा २, ३ नम्बरको प्रयोग भइरहेको छ । यसमा कुनै पनि निकायको ध्यान पुगेको छैन् । स्थानीय बासिन्दाले बारम्बार विरोध गर्दा पनि कुनै सुनुवाइ भएन ।

सौन्दर्यकरण भइरहेको पोखरीमा बर्सेनि छठ पूजा हुने गरेको छ । छठ पर्व नजिकँदैछ । तर पोखरीको सौन्दर्यकरणको डिजाइनले छठघाट नै संकटमा पर्ने चिन्ता छ ।

ठेक्काको म्याद एक वर्ष थप गरिएको छ । ठेक्केदार सांसद कलवारसँग गुणस्तरहीन काम भएकोबारे प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहनु हुन्न । स्थानीय जनप्रतिनिधि पनि प्रदेश सरकारको बजेट भएकाले आफुलाई केही जानकारी नभएको भन्दै पन्छने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *