Main News

अबको दुई हप्ताभित्र विदेशी च्यानलमा क्लिन फिड पूर्ण कार्यान्वयनमा आउने

हिमालय टिभी
२०७७ कार्तिक १५ गते ७:४५
अबको दुई हप्ताभित्र विदेशी च्यानलमा क्लिन फिड पूर्ण कार्यान्वयनमा आउने

१५ कात्तिक, २०७७ काठमाडौं । अबको दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा विज्ञापनरहित क्लिन फिड कार्यान्वयनमा आउने भएको छ ।

क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा अबको १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालका टेलिभिजन वितरकहरूले बताएका छन् ।

गत कात्तिक ७ गतेदेखि क्लिन फिड लागू गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ गते यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका थिए ।

सरकारले क्लिन फिड कार्यान्वयन गर्न पर्याप्त समय दिए पनि उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइले कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष धुब्र शर्माले जानकारी दिनुुभयो ।

क्लिन फिड कार्यान्वयन गर्दा ग्राहकलाई थप मूल्य बढाउन नपाइने सरकारले स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *