Main News
म्याग्दीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु, ११ जना घाइते
२०७७ कार्तिक १४ गते १४:४३

१४ कात्तिक, २०७७, म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जीप दुर्घटनामा परेर ज्यान गुमाउनेमा अन्नपूर्ण गाउँपालिका २ को भूरुङ–तातोपानीकी १० वर्षीया बालिका रिया विक रहेको प्रहरीले जनाएको छ ।
रघुगंगा गाउँपालिका ६ को ठाडाखानीबाट सदरमुकाम बेनीका लागि छुटेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना भएको हो ।
घाइतेमध्ये ३ जनाको पोखरामा र अरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया