Main News

चर्को आलोचनापछि धमाधम दशैं खर्च फिर्ता गर्दै सांसदहरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २ गते १८:४२
चर्को आलोचनापछि धमाधम दशैं खर्च फिर्ता गर्दै सांसदहरु (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । देश कोरोना भाइरस संक्रमणको त्राससँग जुधिरहेका बेला सांसदहरुले दशैं भत्ता लिएको भन्दै चर्को आलोचना भएपछि सांसदहरुले भत्ता फिर्ता गर्न थालेका छन् ।

सञ्चारमाध्यममा संघीय सांसद र तिनका स्वकीय सचिवले दशैं भत्ता लिएको विषय बाहिरिएपछि आलोचनाबाट बच्न सांसदहरुले भत्ता फिर्ता गर्न थालेका हुन् ।

जस अनुसार यो खबर तयार पार्दासम्म पाँच जना सांसदले दशैं भत्ताबापतको रकम फिर्ता गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

कोरोनाका कारण जनता पीडामा रहेका बेला जनप्रतिनिधिले दशैंभत्ता लिने अनैतिक काम गरेपछि आलोचना भइरहेको छ । र सचिवालयले पनि दशैं भत्ता नदिने सम्बन्धमा ठोस् निर्णय गर्न सक्नुपर्ने धेरैको भनाइ छ ।

तर सचिवालयले भने भत्ता नदिने विषय आफूहरुको हातमा नभएको र त्यो कार्यपालिकाकै क्षेत्राधिकार भएको प्रष्टिकरण दिएको छ ।

संसद सचिवालयका अनुसार सांसदको दसैँ भत्तामा एक करोड ९६ लाख पाँच हजार चार सय २० र यस्तै उनीहरुका स्वकीय सचिवका लागि एक करोड १० लाख ४८ हजार नौ सय ३० रुपैयाँ खर्च भएको छ ।

जसमध्ये राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ र निलम्बनमा परेका केही सांसदबाहेक सबैलाई भत्ता दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *