Main News

सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो, २२ जना अझै बेपत्ता

हिमालय टिभी
२०७७ भदौ २८ गते १३:११
सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो, २२ जना अझै बेपत्ता

२८ भदौ, २०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बेपत्ता २२ जनाको खोजी भइरहेको छ ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको हो ।

पहिरोले पुरिएर नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ, २४ वर्षीया जुनुमाया विक, ४० वर्षीया सर्कीनी प्रधान, एक सय वर्षकी ल्याक्सी शेर्पा, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ४२ वर्षकी ज्ञानीमाया प्रधान र ६० वर्षकी हिरामाया नेवारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले पहिरो गएका स्थानमा नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको जनाएको छ ।

सिन्धुपाल्चोकको लिदीमा गत साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *