Main News

यसरी पराजित गरे ८८ वर्षीय वृद्धले कोरोना, अरुलाई दिए यस्तो सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २० गते १९:४१
यसरी पराजित गरे ८८ वर्षीय वृद्धले कोरोना, अरुलाई दिए यस्तो सुझाव (भिडियोसहित)

२० भदौ, २०७७, नेपालगञ्ज । नेपालगन्जको करमोहना गाउँका ८८ वर्षीय बिन्दाप्रसाद कुर्मी कोरोना भाइरसमुक्त भएर घर फर्कनु भएको छ । भदौ ५ गते कोरोना संक्रमित भएपछि कुर्मीलाई स्वास्थ्यकर्मीले कृषि तालिम केन्द्र खजुराको आइसोलेनशस्थलमा राखेर रेखदेख गर्दै आएका थिए । उहाँ संक्रमणमुक्त भएर घर फर्कन पाउँदा निक्कै खुसी हुनुहुन्छ ।

हिम्मत र आत्मविश्वास भयो भने कोरोनालाई सजिलै जित्न सकिने रहेछ भन्ने ठानेका कुर्मीले हिम्मत नहार्न अरु संक्रमितलाई सुझाव दिनुभएको छ ।

नेपालगन्जको करमोहना गाउँका ८८ वर्षीय बिन्दाप्रसाद कुर्मीमा परिवारका ५ जना सदस्यसँगै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएको १४ दिन पुगेपछि वृद्ध कुर्मीलाई डिस्चार्ज गरिएको छ । उहाँकी बुहारी र २ जना नाती अझै आइशोलेशनमा छन् । कृषि तालिम केन्द्र खजुराको आइसोलेनशनस्थलमा १४ दिन बसेर डिस्चार्ज भएपछि उहाँ निक्कै खुसी हुनुहुन्छ ।

कोरोना संक्रमण पुष्टि हुँदा उहाँ निक्कै चिन्तित हुनुहुन्थ्यो । बल्ल बल्ल एम्बुलेन्समा चढेका उहाँलाई हल्का खोकी पनि लागिरहेको थियो । उमेर पनि बढी भएको र खोकी लागेका कारण कुर्मीको स्वास्थ्यमा समस्या आउने हो कि भनेर स्वास्थ्यकर्मी पनि चिन्तामा थिए । त्यसैले उहाँको विशेष ख्याल राखियो ।

तर अन्य सामान्य संक्रमित जस्तै कुनै पनि किसिमको स्वास्थ्य समस्या बिनै ८८ वर्षीय वृद्ध संक्रमणमुक्त भएर घर फर्कँदा स्वास्थ्यकर्मी पनि निक्कै उत्साहित छन् ।

हिम्मत र आत्मविश्वास भयो भने कोरोनालाई सजिलै जित्न सकिने रहेछ भन्ने ठानेका कुर्मीले हिम्मत नहार्न अरु संक्रमितलाई सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *