बिशेष

राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त पौडेल को हुन् ?

२०८२ जेठ ७ गते १९:३७
राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त पौडेल को हुन् ?

काठमाडौं : नेपाल राष्ट्र बैंककाे गभर्नर दलगत कार्यकर्ता भर्नाकाे पद बन्न लागेकाे कतै लुकेकाे छैन ।

प्रमुख सत्तारुढ कांग्रेस-एमाले भागवण्डाकाे रस्साकस्सीमा रहँदा एक महिनाभन्दा बढी समय केन्द्रीय बैंक नेतृत्वविहीन भयाे । अन्तत: सत्तारुढ दललाई लागेकाे आराेप पुष्टि गर्दै कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ का उम्मेदवार विश्व पाैडेल १८औँ गभर्नर बन्नुभएकाे छ । सुरुमा कांग्रेसले बैंककै कर्मचारी गुणाकर भट्टलाई अघि सारेकाे थियाे । भट्टलाई प्रधानमन्त्रीले नरुचाउँदा र कामु गभर्नरले राजीनामा नै स्वीकृत नगरेपछि पौडेललाई चिठ्ठा पर्यो । तर मुलुक आर्थिक संकटमा रहेको, ग्रे लिष्टमा परेको र उद्योगी व्यवसायी राष्ट्र बैंकको कसिलो नीतिसँग असन्तुष्ट रहेका बेला गभर्नर पौडेल सामु चुनौतीका चाङ छन् ।

चैत २४ देखि रिक्त नेपाल राष्ट्र बैंकले डेढ महिनपछि नयाँ नेतृत्व पाएको छ । गभर्नरका लागि कांग्रेसले अघि सारेको पात्र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टको राजीनामा कायम मुकायम गभर्नर निलम ढुंगानाले स्वीकृत नगरिदिदा अन्ततः अर्थशास्त्री विश्व पौडेल १८औं गभर्नर बन्नुभयो । गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा बनेको सिफारिस समितिले कांग्रेस-एमालेका शीर्ष नेताले ताेकेकाे पाैडेलकाे नामलाई औपचारिकता दिन तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । तर मन्त्रिपरिषद्ले पौडेलको नामलाई अनुमोदन गर्यो । पौडेल तीनै व्यक्ति हुन ३ वर्षअघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ को उम्मेदवार बनेर पराजित हुनु भएको थियो ।

गभर्नर पौडेलको पृष्ठभूमि ?

(अर्थशास्त्री पौडेल काठमाडौं विश्वविद्यालयका प्राध्यापक हुनुहुन्थ्यो । नेचुरल रिर्सोस इकोनोमी, लेबर इकोनोमी र आर्थिक इतिहासको विशेषज्ञ पौडेलले अमेरिकाको क्यालिफोर्नीया विश्वविद्यालयबाट कृषि र स्रोत अर्थशास्त्रमा विद्याबारिधि गर्नुभएको छ। राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष पौडेल अमेरिकी सहयोग परियोजना एमसिएन नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनमा अर्थशास्त्रीको रुपमा काम गरिसक्नु भएको छ। पछिल्लो समय कांग्रेस प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुँदा आर्थिक सल्लाहकारको जिम्मेवारीमा बजेट र योजना निर्माणमा सघाउनु भएको थियो । सरकारको वित्त नीति निर्माणको अनुभव हाँसिल)

गरेपनि राष्ट्र बैंकको मौद्रिक नीति निर्माण गर्ने थलो भएकाले पौडेलको अनुभव र अध्ययन त्यससम्बन्धी होइन ।

पौडेलका प्रमुख चुनौती

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा संरचनात्मक सुधारको खाँचौ औल्याईको छ। त्यसका लागि बैंकिङ क्षेत्रसँग रहेको वित्तीय साधनलाई उत्पादनशील क्षेत्रतर्फ परिचालन गर्ने गरी क्रमशः लागू गरिएको व्यवस्थालाई निरन्तरता दिनुपर्ने छ। नेपालको अर्थतन्त्र विगत लामो समयदेखि विप्रेषण, आयात तथा आयातमा आधारित उपभोगमा केन्द्रित हुँदै आएको छ। फलस्वरूप, कर्जाको माग पनि मुख्यतया आयात तथा व्यापारका लागि हुने गरेको छ। संरचनात्मक सुधारमार्फत मुलुकका आर्थिक गतिविधिलाई उत्पादनशील क्षेत्रतर्फ डोर्यौउनु पौडेका सामु ठुलो चुनौती हो । पछिल्लो समय लगानीको वातावरण नहुँदा बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी तरलता थुप्रिएको छ। त्यसको उपयोगका लागि लगानीको वातावरण बनाउनुपर्ने छ ।

यतिबेला नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा छ । ग्रे लिस्टबाट बाहिर निकालन ठोस पहल चाल्नु प्रमुख जिम्मेवारी हो । यस्तै बैंकहरुमा देखिएको खराब कर्जाको व्यवस्थापन अर्को चुनौती हो । केही वर्षअघिसम्म ३,४ प्रतिशतमा रहेको खराब कर्जा अहिले ९ प्रतिशत पुगिसकेको छ । बैंकहरुको प्रभावकारी अनुगमन र निरीक्षण, बैंक तथा वित्तीय संस्थामा आउने अवैध धनलाई नियन्त्रण र १८ महिनासम्मको आयात धान्ने गरि थुप्रिएर बसेको विदेशी मुद्राका सञ्चितीको उपयोग गर्नुका उनको अर्को चुनौती हो । यस्तै सरकारले सार्वजनिक गर्ने वित्त नीति र मौद्रिक नीतिको तादम्यता मिलाउनु पर्ने हुन्छ । पछिल्लो समय वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता नभएको भन्दै आलोचना हुने गरेको छ ।

सबैभन्दा ठुलो चुनौती त राष्ट्र बैंकको स्वायतता कायम राख्नु नै हो । किन की गभर्नर नियुक्तीमा जुन हदको राजनीकिरण भयो यसले नयाँ नेतृत्व राजनीतिक दबाव र प्रभावमा त पर्दैन भन्ने आशंका धेरैको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *