पञ्चेबाजा बजाएर देउसी भैलो (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक २८ गते १६:५२
पञ्चेबाजा बजाएर देउसी भैलो (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०८० धादिङ । विवाह वा कुनै सुखद उपलक्ष्यमा पञ्चेबाजा बजाएको तपाईले सुन्नुभएको होला । तर धादिङमा भने पञ्चेबाजा बजाएर देउसी भैलो खेलिएको छ ।

यो कुनै विवाहमा पञ्चेबाजा बजाउँदै जन्ती आएको दृश्य होइन । यो त तिहारको अवसरमा खेलिएको देउसी भैलो हो । प्राय विवाहमा देखिने यस्तो दृश्य तिहारमा धादिङ्गको गजुरीे बजारमा देखियो । धादिङ्गको नेपाली पञ्चेबाजा समूहको आयोजनामा तिहारको अवसरमा पञ्चेबाजा बजाउँदै देउसी भैलो खेलिएको हो ।

रिती रिवाज, मौलिकता र संस्कृति बचाउन आफूहरु पञ्चेबाँजाको साथमा देउसी भैलो खेल्न सुरु गरेको सहभागी युवाहरुको भनाइ छ ।

पुर्खादेखि परम्परा जोगाउनका लागि देउसी भैलो खेल्न लागिएको देउसी भैलो आयोजकको भनाइ छ ।

पछिल्लो समय युवाहरु विदेशिँदा गाउँघरमा देउसी भैलो खेल्ने परम्परा लोप हुँदै गइरहेको छ । भैलो नेपालका हरेक क्षेत्रमाआआफ्नै ढंग र परम्परा अनुसार खेलिने गरिन्छ । विगतमा भन्दा पछिल्लो समय आधुनिकताले गर्दा देउसी भैलोको मौलिकता भने हराउँदै जान थालेको हो कि भन्ने चिन्ता बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *