तिहारअघि नै ओइलायो फूल, किसानले सोचेअनुरुप प्रतिफल पाउन सकेनन् (भिडियो रिपोर्टसहित)
२१ कात्तिक २०८० काठमाडौं । पहाडीदेखि तराईका क्षेत्रसम्म फूल खेती हुन थालेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार र चाडपर्वमा फूलको प्रयोग बढ्दै जाँदा फूल खेती गर्ने किसानको संख्या बढिरहेको छ ।
पूर्णरुपमा फूल खेती नगर्ने किसान पनि तिहारलाई लक्षित गरी सयपत्री फूलमा लागेका छन् । तर, यस पटकको तिहारमा किसानले सोचेअनुरुप प्रतिफल पाउन सकेनन् ।
धनकुटा नगरपालिका वडा नम्बर १ सुकेपोखरीमा सोमबहादुर शाहीले ४ रोपनीमा सयपत्री फूलखेती गर्नु भएको छ । गत बर्ष फूलबाट राम्रै आम्दानी गरेका शाही यो बर्ष भने आधा पनि आम्दानी नहुने बताउनु हुन्छ ।
यो तिहार ढिला भएकाले शाहीले लगाएको फूल फुलेर पनि झर्न थालेको छ । अब तिहारसम्म फूल बवटमा अडिएला कि नअडिएला भन्ने शाहीलाई चिन्ता छ । कृष्ण हमालले पनि करीब १५ रोपनीमा फूलखेती गर्नु भएको छ । तर केहि फूल बोटमै सुकिसकेको छ ।
यस वर्ष दशैं तिहार अघिल्लो वर्षको तुलनामा झण्डै एक महिना पछि परेको छ । किसानले अघिल्लो वर्षकै समयमा फूल खेती शुरु गरे । फूल असोजमै फुल्न सुरु भयो । र, कात्तिकको पहिलो सातादेखि फूल ओलाउन थाल्यो । पहिलो पटक फूल खेती गरेका किसान धेरै निरास बनेका छन् ।
तिहारमा व्यक्तिगत प्रयोजनका लगाइने सयपत्री फूल खेतीले अहिले देशका अधिकांश स्थानमा व्यवसायिक रुप लिएको छ । किसानले जग्गा भाडामै लिएर खेती सुरु गर्न थालेका छन् ।
सयपत्रीफूलको उत्पादन बढेसँगै भारतबाट भित्रिने फूलको परिणाममा कमी आउन थालेको छ । पछिल्लो समय फूलको ब्यवसायिक खेती हुन थालेपछि तिहार तथा अन्य पर्वमा पनि स्थानिय फूलको प्रयोग बढ्दा किसान समेत हौसिएका छन् ।
प्रतिक्रिया