Main News

भूकम्प प्रभावित क्षेत्रमा कस्तो सरकारले दिएको स्वास्थ्ये सेवा ? (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १९ गते २०:३१
भूकम्प प्रभावित क्षेत्रमा कस्तो सरकारले दिएको स्वास्थ्ये सेवा ? (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०८० काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी १ सय ६० जनाको मृत्यु भयो भने ५ सय ६९ जना घाइते भएका छन् ।

जसमध्ये सामान्य अवस्था भएका कतिपय घाइते प्राथमिक उपचारपछि फर्किसकेका छन् । गम्भीर तथा जटिल प्रकारका घाइते ८० जनाको उपचार भइरहेको छ । भूकम्पमा परी घाइते भएकाहरुको उपचार प्रबन्ध कस्तो छ त ?

जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाबाट १६, नेपाल प्रहरीबाट ११, वीर अस्पतालबाट ६ र सशस्त्र प्रहरीबाट आठ जना गरी ४१ जना स्वास्थ्यकर्मीको टोली पठाइएको छ ।

जसमा आवश्यक उपचार सामग्रीको साथमा हाडजोर्नी विशेषज्ञ, मेडिकल जनरलिस्ट, मेडिकल अफिसर र नर्सिगं स्टाफ संलग्न छन् । यसैगरी कर्णाली प्रदेश सरकारले विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रबाट विशेषज्ञ डाक्टरसहित ८५ जना स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ ।

घाइतेहरुको प्रत्येक वडामा रहेका स्वास्थ्य चौकी, प्रदेश अस्पताल, जिल्ला अस्पतालहरुमा उपचार भैरहेको छ । हाल कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत, भेरी अस्पताल, नेपालगंज र काठमाडौको त्रिवि शिक्षण अस्पताल गरी ८० जना घाइते उपचाररत छन् ।

जसमध्ये १ जनाको भेन्टिलेटर र ३ जनाको आईसियूमा उपचार भइरहेको छ । त्यसबाहेक एक गर्भवति महिलाको भीआईपी कक्षमा राखेर उपचार भइरहेको छ भने बाँकीको सामान्य वार्डमा उपचार भइरहेको छ । उपचारको लागि स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको अभाव छैन तर एकद्वार प्रणालीबाट स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री खटाउन भने चूनौती रहेको कर्णाली स्वास्थ्य निर्देशनालयको भनाइ छ ।

सरकारी तथ्यांकअनुसार बाँकी सामान्य प्रकृतिका घाइतेहरुलाई उनीहरुले आश्रय लिइरहेकै ठाउँमा समेत उपचार सेवा दिइराखिएको छ । केन्द्र सरकार आवश्यक परेको खण्डमा प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउन तयारी अवस्थामा छ । कर्णाली प्रदेश सरकारले पनि आवश्य पर्दा थप सेवा दिने गरी स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *