प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री थापाको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

३० भदौ २०८० काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री प्रचण्डले बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको भन्दै महामन्त्री थापाले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण बालिकाको मृत्यु हुन गएको बताउनुभएको थियो ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसदमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।
महामन्त्री थापाले आफ्नो पार्टीले सरकारलाई राम्रो काम गर्नका लागि दबाब दिइरहने पनि दोहो-याउनुभयो ।
प्रतिक्रिया