सुस्ताका बालबालिकाले किन पढ्न पाएनन् ? भिडियो रिपोर्टसहित)

२०८० भदौ २७ गते १७:०८
सुस्ताका बालबालिकाले किन पढ्न पाएनन् ? भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० नवलपरासी पश्चिम । एक दशकमा शैक्षिक प्रणालीमा नेपालले व्यापक उन्नति गरेको भए पनि अधिकांश अवसरविहीन परिवारका धेरै बालबालिकाका लागि विद्यालयको सहज पहुँच उपलब्ध हुन सकेको छैन ।

पछिल्लो तथ्यांक अनुसार देशको भौगोलिक अवस्थितिका कारण बालबालिका विद्यालयमा भर्ना नहुने र विद्यालय छाड्ने गरेको पाइएको छ । नवलवरासी पश्चिमको सुस्ताको नारायणी नदीमा झोलुङ्गे पुल नबन्दा र गाउँमै कक्षा १२ सम्मको विद्यालय नहुँदा कक्षा ८ उत्तीर्ण गरेपछि बालबालिका विद्यालय छाड्ने गरेका छन् ।

तीन तिरबाट नारायणी नदी र एक तर्फ भारतले घेरिएको नारायणीपारीको सुस्तामा कक्षा ८ सम्म पठनपाठनका लागि एउटा मात्र विद्यालय, जनता दलित आधारभुत विद्यालय छ । आठ कक्षा भन्दामाथि अध्ययन गर्नका लागि नेपालतर्फ आउन नारायणी नदीमा पुल नहुँदा कठिन छ ।

सुस्ता गाँउपालिका वडा नम्बर ५ मा रहेको सुस्ता गाँउका बालबालिका गाँउमा रहेको विद्यालयमा कक्षा ८ सम्म मात्रै पठनपाठनको व्यवस्था भएकाले अधिकांश बालबालिका कक्षा ८ उत्तीर्ण गरेपछि विद्यालय जाँदैनन् । गाँउमा पढ्ने अवस्था नहुँदा विस्तारै कक्षा बढ्दै जाँदा बालबालिकाले पढाई पनि छाड्दै जान्छन् ।

जसका कारण कक्षा १ मा भर्ना दर उत्साहजनक भएपनि कक्षा ८ सम्म आईपुग्दा विद्यार्थी सङख्या ह्वात्तै घट्ने गरेको छ । छोराछोरीलाई इच्छा हुँदाहुँदै पनि पढाउन नपाएको भन्दै अभिभावकले सुस्तामै कम्तिमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने माग गरेका छन् ।

केहि अभिभावकले बालबालिकालाई सिमावर्ती भारतीय बजारका विद्यालयमा पढाँउदै आएका छन् । कतिपयले वारी सुस्तामा रहेका विद्यालयमा पढ्ने गरेपनि धेरैले कक्षा आठ पछि पढ्न छाड्दछन् ।

जनता दलित आधारभुत विद्यालयमा कक्षा ८ सम्म हाल ३ सय ६० जना विद्यार्थीले पढ्दै आएका छन् । जम्मा ५ प्रतिशत बालबालिकाले मात्रै विभिन्न ठाँउमा गई कक्षा आठ पछिको पठनपाठनलाई निरन्तरता दिने गरेका छन् ।

नारायणी नदिमा निर्माणाधिन झोलुङ्गे पुलको काम पुरा भए सुस्ता गाँउका बालबालिका नारायणी वारी आएर पनि पठनपाठन गर्न सक्ने छन् । तर बालबालिकाले बिचैमा पढाई छाड्ने प्रवृत्तिको अन्त्य गर्न सुस्ता गाँउमै रहेको विद्यालयमा कक्षा थप भए सहज हुने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *